ओखलढुंगा – ओखलढुंगामा तिन जिल्लाका कोरोना संक्रमितलाई राखिने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर तीन जिल्लाका संक्रमित राख्न निर्देशन दिएसँगै जिल्ला अस्पताल रुम्जाटारमा ओखलढुंगा, सोलुखुम्बु र खोटाङका कोरोना संक्रमितलाइ अस्पतालको आइसोलेसनमा राखिने भएको हो ।
मन्त्रालयले २० शैय्याको आइसोलेसन तयार गर्न निर्देशन दिएको र मन्त्रालयको निर्देशन अनुसार हाल आस्पतालको क्वाटर भवनमा १२ शैय्याको आइसोलेसन तयार भइसकेको जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुरपरिटेण्डेन्ट सन्तोष देवले जानकारी दिएका छन् । आइसोलेसनको बाँकी शैय्या निर्माणका लागि अस्पतालसँगैको सार्वजनिक प्राथमिक विद्यालय र वन कार्यालयको भवन प्रयोग गर्ने अवस्था आएको देवको भनाई छ ।
प्रदेश नं. १ को माथिल्लो सगरमाथामा पर्ने सोलुखुम्वु, खोटाङ र ओखलढुंगामा हाल सम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल ४१ जना संक्रमण मुक्त भई सकेका छन र १ जना मात्र उपचाररत रहेका छन् । हाल सम्म ओखलढुंगामा २२ जना, खोटाङमा १३ जना र सोलुखुम्वुमा ७ जनालाई संक्रमण पुष्टि भएको छ । सोलखुम्वु र ओखलढुंगामा अहिले संक्रमित नभएको र खोटाङमा भने एक जना उपचाररत रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस