वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचारकाक्रममा बिहीबार बिहान मृत्यु भएका बारा जिल्लाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार बिहान बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ प्रसौनी टोलका ६५ वर्षीय दिनेशप्रसाद कलवार र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमराका ५० वर्षीय शेख समिमुल हकको उपचारकोक्रममा वीरगञ्जको नारायणी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको थियो । बिहिबार बिहान मृत्यु भएका दुबैको स्बाव संकलन गरी पिसिआर परिक्षण गर्दा विहीबार राती कोरोना संक्रमण पोजेटिभ रिर्पोट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
बुधबार अस्पताल भर्ना भएर उपचारका क्रममा बिहीबार बिहान साढे ८ बजे मृत्यु भएका कलवार ४/५ दिनदेखि ज्वरो र खोकीको समस्याले ग्रसित भई श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो । ज्वरो र खोकी लागेर सिकिस्त भएका समिमुल हकलाई बुधबार दिउँसो उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरियो र सवास्थ्यमा सुधार नदेखिएपछि बुधबार साझ नारायणी अस्पतालमा ल्याईएको थियो । नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा हकको मृत्यु भएको थियो ।
विहीबार मृत्यु भएका २ जनासंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने साउन महिनामा मात्रै २१ जनाको मृत्यु भईसकेको छ । मृत्यु भएका २५ मध्ये पर्साका १८, बाराका ५, रौतहटका १ रहनु भएको छ भने जेठ ३१ गते वीरगञ्जको घण्टाघर छेऊमा मृत फेला परेका एक संक्रमित युवकको हालसम्म पहिचान हुन् सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस