वीरगञ्ज – कोरोना भारसको सङ्क्रमण पुष्टि भई पर्साको वीरगञ्जमा उपचाररत ३६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।
वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत ८ जना र वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत २८ जना गरी ३६ सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
गण्डक अस्थायी कोभिड अस्पतालबाट आठ जना पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालबाट दुई वर्षीया बालिका र ६ महिलासहित २८ जना गरी ३६ जना कोरोना जितेर सङ्क्रमण मुक्त भई डिस्चार्ज भएको डा. सिंहले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार साँझसम्मा पर्सा जिल्लामा १ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमित पुष्टिभएको छ । जसमा १९ जना भारतीय नागरिक , ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी थुनुवा , २ जना एम्बुलेन्स चालक र २८ जना अस्पताल सर सफाइ कर्मचारी समेत रहेका छन् ।
हालसम्म पर्सामा पिसिआर परिक्षणको लागि १५ हजार ४४ जनाको स्बाव संकलन गरिएको र ८ सय ६८ स्बावको परिक्षण रिर्पोट आउन बाँकी रहेको छ । २६ सङ्क्रमित को मृत्यु भईसकेको छ जसमा पर्साका १९, बाराका ५, रौतहटका १ र वीरगञ्जमा फेला परेको १ बेवारिसे शवको हालसम्म पहिचान हुन नसकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस