काठमाण्डौँ – पर्सामा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शुक्रबारमा आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जना सङ्क्रमिता देखिएको जसमा वीरगञ्जस्थित उच्च अदालत जनकपुर अस्थायी इजलासको सरकारी वकिल कार्यालयका २८ वर्षका एक जना खरिदार, वीरगञ्ज बसर्पाकको होटल हिमाल एण्ड भान्सा घरमा कार्यरत ३५ वर्षीय एक जना कर्मचारीसमेत रहेको जानकारी दिएका छन् ।
अन्य थपिएका सङ्क्रमितहरूमा वीरगन्ज हेल्थ केयर अस्पतालका दुई जना कर्मचारी, वयोधा अस्पतालका एक जना कर्मचारी र वयोधा अस्पतालमै रहेको खाजा घरका एक जना र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ वर्षका उपप्रबन्धक रहनुभएको छ ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १३ जना सर्वसाधारण र पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८, हरपुरका २३ वर्षका एकजना पुरुषमा सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।
शुक्रबार राति थपिएका २१ जनामा सङ्क्रमण पुष्टि भएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार १८९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।
पोखरामा ११ सहित गण्डकीमा १८ संक्रमित थपिए
पोखरा महानगरपालिकामा शनिबार ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरी सात वटा वडामा ११ सङ्क्रमित भेटिएका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान दिएको जानकारी अनुसार सबै सङ्क्रमित पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार गणडकी प्रदेशमा योसहित १८ जना थपिएका छन् । तनहुँका दुई जना, बागलुङका दुई जना, गोरखा, स्याङजा र नवलपुरका एक/एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस