वीरगञ्ज – आइतबार साँझ र राती आएको पीसीआर रिपाेर्टअनुसार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार साँझ ३३ जना र राति ६५ जना गरी आइतबार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिकाका ४१ जना, पोखरिया नगरपालिकाका ३३ जना, सखुवा प्रसौनी गाँऊपालिकाका सात जना र जगरनाथपुर गाँऊपालिकाका १५ जना, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी दुई जना गरी थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका ९८ जना सङ्क्रमितहरूमा पोखरिया नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षकसहित दुई जना र एक जना पत्रकारलगायत रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाका ४१ जना र वीरगञ्ज भन्सार कार्यालयमा खटिएका दुई जना सशस्त्र प्रहरीमा सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका छन् । वीरगञ्ज महानगरपालिकाको त्रिजुद्ध माध्यमिक विद्यालयमा साउन २७ गते सङ्कलन गरिएको स्वाब परीक्षण गर्दा एक जना चिकित्सक र ११ जना महिलासहित २७ जनामा, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा साउन २६ गते गरिएको स्वाब सङ्कलन गराएकामध्ये ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर खत्री, त्यही कार्यरत अर्का एक सशस्त्र प्रहरी जवानमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिकाका पाँच जना स्वास्थ्यकर्मीसहित १५ जनामा पुरुष सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक प्रमेन्द्र साहसहित पाँच जना स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका हुन् भने अन्य वडा नम्बर ३ र ४ का क्वारेन्टाइनमा बसेका १४ वर्षदेखि ५१ वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै पर्साको पोखरीया नगरपालिका मेयर दीपनारायण रौनियार, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवसहित तीन चिकित्सक, दुई नर्स र पोखरीयास्थित आकाश एफएममा कार्यरत एक पत्रकारमा सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकाकी उपप्रमुख सलमा खातुनका अनुसार ३३ जना सङ्क्रमितमा नगरप्रमुख दिपनारायण रौनीयार, उनका परिवारका अन्य सात जना सदस्य, स्वकीय सचिव, सवारी चालकमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साउन २६ गते पोखरीया नगरपालिकामा नगरप्रमुख रौनियारसहित ३४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकोमा आइतबार साँझ ३४ मध्ये ३३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको उपप्रमुख खातुनले जानकारी दिए ।
त्यस्तै अन्य सङ्क्रमितमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव, पाँच स्वास्थ्यकर्मी र अन्य एक जना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले बताएका छन् ।
सङ्क्रमण पुष्टि भएका चार स्वास्थ्यकर्मीमा लखनपुर स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा कार्यरत एक/एक जना महिला र एक/एक जना पुरुष रहनुभएको छ । वडा नं. ४ देउरवाना एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । ७१ जनाको स्बाव परीक्षण गर्दा सात जनामा कोरोना पोजिटिभ देखिएको संयोजक रौनियारले जानकारी दिएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस