नेपालगञ्ज – कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लंघन गर्ने १७ सयलाई बाँकेमा कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड १९ संकट व्यवस्थापन समिति बाँकेले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभरी मास्क लगाउन र जोर बिजोर प्रणाली अनुसार गाडी चलाउन अनिवार्य गरिए पनि सो को उल्लंघन बढ्दै गएपछि कारवाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले मास्क नलगाउने र जोर विजोर अनुसार सवारी साधन नचलाउने १ हजार ६९० जनालाई कारवाही गरेर तीन लाख १९ हजार ७०० जरिवाना असुल गरिएको बताएका छन् ।
डीएसपी खड्काका अनुसार बाँकेमा हालसम्म मास्क नलगाउने ६९३ जनालाई कारवाही गरिएको छ भने जोर बिजोर उल्लंघन गर्ने ९९७ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले कारवाही शुरु गरिएपछि नेपालगञ्ज, कोहलपुर र राँझालगायतका ठाउँमा अधिकांश सर्वसाधारणले मास्क लगाउने गरेको र जोर बिजोर प्रणालीबाटै सवारी साधन चलाउन थालेको पाईएको बताए ।
उनका अनुसार स्थानीयले स्वास्थ्यसम्बन्धि सुरक्षा नअपनाई जताततै हिँड्डुल गरेको पाईएकाले मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवाना र जोर बिजोर अनुसार सवारी साधन नचलाउनेबाट पाँचसयदेखि हजार रुपियाँसम्म जरिवाना लिन थालिएपछि अवस्थामा सुधार आएको हो ।
यसैबीच, स्वास्थ्य सुरक्षा पालना गरेको नगरेको बारे अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले एक टोली अहिले नेपालगञ्जमा परिचालन गरेको छ ।
सो टोलीले पसल पसलमा गएर मास्क नलगाएको वा सेनिटाइजर प्रयोग गरेको नपाएमा पसलमा तालाबन्दी गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले गत दुई दिनको अवधिमा स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका छवटा पसलमा तालाबन्दी गरिएको बताएका छन् ।
उनले पहिलो पटकमा एक दिनका लागि ताला लगाएर अर्को दिन खोलिने जनाउँदै दोस्रो पटक फेला परेमा सात दिनका लागि ताला लगाउने गरिएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस