नेपालगञ्ज – बाँकेमा संक्रमितहरु बढेसंगै निको भएर घर फर्किनेहरुको संख्या पनि दिनदिनै बढ्दै गएको छ । विहीबार मात्रै ७९ जना संक्रमितले कोरोना जितेर निको भै घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार निको भएपछि २८ जनालाई विहीबार विहानै डिस्चार्ज गरेर घर पठाईएको छ भने तीजका कारण शुक्रवार डिस्चार्ज हुने सूचीमा रहेका ५१ जनालाई पनि विहिबार साँझ डिस्चार्ज गरिने छ । उहाँले यसरी एकै दिन बाँकेबाट ७९ जना संक्रमितहरु निको भएर घर फर्किने बताए ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार लक्षण नदेखिएका र शुक्रवार समय पुग्ने ५१ जना संक्रमितलाई चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यकर्मीको निगरानमा ८ दिन होमआइसोलेसनमा रहने गरि डिस्चार्ज गर्न लागिएको हो । विहान डिस्चार्ज हुनुभएकाहरुमा प्रदेश ५ का सभासद कृष्णा केसी नमुना, होटल व्यवसायी लोकेन्द्र अर्याल, नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं. १३ र १८ का वडा सचिवसहित २८ जना रहेका छन् ।
यस्तै साँझसम्म डिस्चार्ज हुनेहरुमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल लगायत रहेका छन् । निको भएर घर फर्किएकी बाँके क्षेत्र नं.१ क बाट निर्वाचित प्रदेश सभासद कृष्णा केसी नमुनाले कोरोनालाई सहज रुपमा नलिन सबैसंग आग्रह गर्दै यसले निकै समस्यामा पार्न सक्ने चेतावनी दिंदै सचेत रहनु पर्नेमा जोड दिएकि छन् ।
उनले आफुलाई लक्षण समेत देखिएकोले शुरमा साह्रै गाह्रो भएको स्मरण गर्दै कोरोनाबाट जोगिन सजगकता र सर्तकता अपनाउनुको विकल्प नभएको पनि बताएकी छन् । विहिबार ७९ जना निको भएर घर फर्किने भएपछि जिल्लामा निको हुनेहरुको संख्या ५४७ पुगेको छ ।
जिल्लामा फेला परेका ७६३ जना संक्रमित मध्ये चार जनाको मृत्यु भएको छ भने हाल पनि विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा २१२ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस