विराटनगर – कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेशनमै रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो । सुगर र प्रेसरले लामो समयदेखि ग्रसित पुरुषलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए । संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित राखिएको अवस्थामा बिहीबार बेलुका एक्कासि मृत्यु भएको उनले बताए ।
घरमै मृत्यु भएपछि शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाई सकिएको छ । परिवारले हिजो बेलुकै मृत्यु भए पनि अध्यक्षलाई बिहान मात्रै जानकारी भएको थियो ।
आफैं अन्त्येष्टि गर्न लाने तयारी भईसकेको रहेछ, थाहा पाएर रोकें अध्यक्ष कामतले भने–संक्रमितको घर भएकोले आसपासका छिमेकीहरु समेत घरमा आउजाउ नगर्ने भएकोले ढिलो थाहा भएको हो ।
शुक्रबार बिहानै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई वडा अध्यक्ष आफैं जानकारी गराएपछि नेपाली सेनाको टोलिले शव व्यवस्थापन गर्ने भएको छ ।
योसँगै विराटनगर महानगरपालिकामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा २ जना, रंगेली र सुनवर्षी नगरपालिकामा १–१ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरङका १२ सहित सुनसरी धरानका एकजना गरि १३ जनाको र उपचारका लागि प्रदेश २ बाट आउने ४ जनाको मृत्यु भईसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस