लमजुङ – हिमाली जिल्ला मनाङका दुई शिक्षकमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सरकारले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक दुई साताअघि तराईबाट मनाङ आएका थिए ।
स्वास्थ्य कार्यालय मनाङका निमित्त प्रमुख बद्रिराज आचार्यका अनुसार भरतपुर नगरपालिका ११, चितवन घर भई मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङस्थित विद्यालयका शिक्षक ५७ वर्षीय पुरुष र विराटनगर ११ मोरङ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय पुरुषमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई चामेस्थित आइसोलेसनमा ल्याइएको आचार्यले बताएका छन ।
गत भदौ २ गते पीसीआर विधिबाट परीक्षणका लागि सङ्कलित १८ नमुनामध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा दुई शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मनाङमा हालसम्म कुल ८१ जनाको नमूना सङ्कलन गरी पीसीआर गरिएकोमा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको कोरोना फोकल पर्सन एवम् जिल्ला अस्पताल चामेका डाक्टर सन्तोष अधिकारीले बताएका छन् । उनका अनुसार यसअघि एक जना निको भइसकेका छन् । केही दिनदेखि जिल्ला अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय पुरुषमा भने कोरोना सङ्क्रमण नेगेटिभ देखिएको उनले बताए । उनका अनुसार स्वास्थ्य अवस्थामा सुधार आएको छ । मनाङमा हालसम्म स्थानीय कसैमा पनि कोरोना सङ्क्रमण भएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस