अछाम – कोरोना संक्रमणको आशंकामा थ्रोट स्वाब संकलन गरिएका मध्येमा आइतबार अछाममा २३ नयाँ कोरोना संक्रमित थपिएका छन् । सदरमुकाम मंगलसेन नगरपालिकाका १७ जना र पञ्चदेवल विनायक नगरपालिकाका छ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिएका छन् ।
विनायक र मंगलसेनमा थ्रोट स्वाब संकलन पश्चात डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणका क्रममा मंगलसेन वडा नम्बर १ का १२ जना, वडा नम्बर १२ का दुई जना र वार्ड नं. ३, ४ र १४ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पञ्चदेवल विनायक नगरपालिकाका वडा नम्बर ३ मा ५ जना र वडा नम्बर ५ मा एक जनाका कोरोना पुष्टि भएको कार्यालयका सूचना अधिकारी जोशीको भनाई छ ।
संक्रमित हुनेमा मंगलसेन नगरपालिका– १ का २ वर्षीया बालिकदेखि ६० वर्षीय व्यक्तिसम्म रहेका छन् । संक्रमित पुष्टि भएका २३ जना मध्येमा चार जना मात्र महिला रहेको बताइएको छ । अछाममा हालसम्म कोरोना संक्रमण हुनेको संख्या आठसय आठ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस