नेपालगञ्ज – सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।
वडामा कार्यरत तीन महिला र तीन पुरुषलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायत कर्मचारी छन् । सङ्क्रमित हुने सबैको स्वास्थ्यवस्था सामान्य रहेकोे वडाध्यक्ष रिजालले बताउनुभयो । होम आइसोलेशनमा रहेका सङ्क्रमित कर्मचारी केहीलाई ज्वरो, कसैलाई खोकी र कसैलाई रुघाखोकीको समस्या छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस