धनगढी – आज बिहानै कैलालीमा १ र कञ्चनपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनको कोरोना पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
महाकाली अस्पतालमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको मृत्यु भएको छ।
कडा खालको निमोनिया देखा परेका दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मङ्गलवार अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उनको साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कुनै पनि ट्राभल हिस्ट्री नभएका भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस