विराटनगर – विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई पुरुष कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ र ५४ वर्षीय पुरुष छन् ।
विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ बजेतिर नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याउनसाथ आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भएपनि संक्रमित पुरुषलाई बचाउन नसकिएको उनको भनाइ छ । दाहालले मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको बताए ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८:१५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए । उनकाअनुसार कोरोना पुष्टि भएका संक्रमित पुरुषलाई उपचारका लागि मंगलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतकको घाँटीमा क्यान्सरको समस्या रहेको जानकारी दाहालले दिए ।
दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस