विराटनगर- झापा र सुनसरीमा कोरोना संक्रमण बढ्न थालेपछि पूर्ण निषेधाज्ञा लागु गरिएको छ । कोरोनाको दोस्रो लहर बढेर संक्रमित थपिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्ण निषेधाज्ञा जारी गरेको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय झापाले पनि पूर्ण निषेधाज्ञा लगाएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले वैशाख ३१ गते सम्मको लागि पूर्ण निषेधाज्ञा जारी गरेको हो । जन स्वास्थ्य कार्यालयले सुनसरीमा ५ सयभन्दा धेरै संक्रिय संक्रमित छन् भने ९ जनाको मृत्यु भइसकेको जनाएको छ । प्रशासनले जोर/बिजोर प्रणालीबाट सञ्चालन हुँदै आएको सार्वजनिक तथा निजी यातायात बन्द गरिएको छ । अब अत्यावश्यक बस्तुका पसलहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
झापा प्रशासनले कोरोना भाइरसको फैलावट रोक्न र चेन बे्रक गर्न पूर्ण निषेधाज्ञा लगाएको छ । बुधबार राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा जारी हुनेछ । झापामा आइतबार रातिदेखि आंशिक निषेधाज्ञा जारी भएको थियो । सर्वसाधारण आफै सचेत हुनुपर्ने र सरकारीले जारी गरेको नियमको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताएका छन् । झापामा वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण निषेधाज्ञा लागु हुनेछ । अब पसल बजार, यातायात पूर्ण रुपमा बन्द हुनेछन् । झापामा संक्रमितको संख्या सात सय नाघिसकेको छ ।
निषेधाज्ञाको उलंघन गर्ने व्यक्तिलाई संक्रमण ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस