स्याङ्जा – एकै गाउँका १९ जनामा कोरोना संङ्क्रमण पुष्टि भएपछि स्याङ्जाको गाउँ नै सिल गरिएको छ । वालिङ-१, धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङ स्थित प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर स्वास्थ्य परीक्षण गरेका थिए ।
गाउँमा गत १४ गते चौरासी पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरु एन्टिजिन परीक्षण गर्न प्राथमिक अस्पताल आएका थिए । “सात जनाको एन्टिजिन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै गएर परीक्षण गर्यौँ । २५ जनाको नमुना परीक्षण गर्दा १९ जना संक्रमित भेट्यौँ । अहिले गाउँनै सिल गरेका छौँ “,नगरप्रमुख दिलिप खाँणले बताए ।
सोहि गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्म संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरिक्षक कमलप्रसाद पाण्डेले बताएका छन् । सङ्क्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना रहेका छन् ।
आवश्यक औषधिहरु गाउँमै पुगेर वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेका पाण्डेले बताएका छन् । वालिङ स्थित प्राथमिक अस्पतालमा ६ बेडमा अक्सिजन सहितको आइसोलेशन कक्ष संचालनमा ल्याइएको छ ।
वालिङ नगरभित्र बुधबार मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म वालिङमा मात्रै २०८ जना सक्रिय संक्रमित छन् भने जिल्लाभर ३३१ रहेका छन् ।।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस