कर्णाली– कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ। नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको सङ्ख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो सङ्ख्या बढेर ८२ पुगेको हो ।
निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस