काठमाडौँ- चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।
पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन् ।
गोदावरीमा शुक्रबार खोप लगाइने
गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रबार लगाइने भएको छ । खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस