दाङ- कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेकाे बताएका छन् ।
विशेषगरी भिडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकहरूको मास्क लगाउने गरेका छैनन् । जान्ने बुुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
यसैक्रममा कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरूलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरू परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुरामा सचेत पार्दै आएको उनको भनाइ छ ।
प्रहरी टोलीले घोराहीका विभिन्न क्षेत्रहरू तुलसीपुर चोक, शहिद गेट लगायतका स्थानहरूमा तपाईंको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ । मास्क नलगाएर हिडेका दर्जनौं नागरिकहरूलाई कोरोना जोखिमको बारेमा बुझाउँदै अटेरी नगर्न र स्वास्थ्यको विशेष ख्याल गर्न सुुझाव दिईने गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस