वि.सं.२०७६ साल पौष ०२ गते । बुधबार । ईश्वी सन् २०१९ डिसेम्बर १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि सप्तमी,४४ घडी ११ पला,रातको १२ बजेर ३० मिनेट उप्रान्त अष्टमी । नक्षत्र पूर्वाफाल्गुनी,४६ घडी ४५ पला,रातको ०१ बजेर ३२ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग प्रिती,३८ घडी ३३ पला,बेलुकी १० बजेर १५ मिनेट उप्रान्त आयुष्मान । करण भद्रा,दिउसो ०१ बजेर ४० मिनेट उप्रान्त बल,रातको १२ बजेर ३० मिनेट उप्रान्त बालव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५० पला । विश्व आप्रवासन दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन प्रशन्न रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कामगर्दा सचेतना अपनाउँनुहोला खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धि हासिल हुनेछैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउँने चाहनेहरुला लागि समय उत्तम रहेकोछ । आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनि हुँनेछ भने राजनितिक यात्रा सफल रुपमा अगाडि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउने तथा लगानि नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियम संगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ । राम्रोहुने आषामा धेरै बस्तु त्याग्नु पर्ने बाध्यता आउँनेछ । तरपनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछभने विदेशि भुमिमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहेकोछ भने प्रेममा गर्नेहरुका लागि समयले साथ दिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अवसरहरुलाई सदुयोग गरि मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानि गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निको सहयोग राम्रा काम गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपानको समय नमिल्नाले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिलेका समस्या पुनह बल्झनाले र गोप्यता बाहिर आउनाले मान सम्मानमा कमि हुनेछ । आफन्त तथा दिदिबहिनीहरुको सहयोग नपाईनाले गर्न आटेका कामहरु थाति रहनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक बस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउँन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस