वि.सं.२०७६ साल पौष १६ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि षष्ठी,२५ घडी ०७ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाभाद्रपदा,५१ घडी २६ पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग व्यातिपात,३६ घडी ५० पला,बेलुकी ०९ बजेर ४० मिनेट उप्रान्त वरियान । करण तैतिल,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा पद्य योग । चन्द्रराशि कुम्भ,बेलुकी ०८ बजेर ५१ मिनेट मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला । पञ्चक। सन् २०२० प्रारम्भ । राष्ट्रिय टोपी दिवस । राष्ट्रिय मेलमिलाप दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सानातिना समस्याले तपाईलाई कमजोर बनाउन सक्छ ध्यान दिनुहोला । रिक्स लिने बानिले फाईदा नै गराउनेछ । व्यापारमा लगानि गरी आम्दानि बढाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा नजिक हुन सकिनेछ । खोजिमुलक कामको सवालमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक बस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउँन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै बिजय भईनेछ । राम्रा काम गरि अरुको बिश्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयले साथ दिनेहुदा लेख तथा रचनाहरुलाई प्रकासित गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने हुदा मन प्रशन्न हुनेछ । बिवाद तथा न्यायसम्पादन तपाईको पक्षमा हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउँनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सेल्फ कन्फिडेन्ट बढ्ने तथा आट,शाहस, पराक्रम गरि राम्रा काम गर्न सकिनेछ । आर्थिक क्रिर्याकलापहरु फस्टाएर जाने तथा व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा नाम आर्जन गर्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तको सहयोग पाईनाले देखिने काम गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस