वि.सं.२०७६ साल माघ ०५ गते । आईतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि–दशमी,५५ घडी २७ पला,रातको ०५ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– विशाखा,४८ घडी १७ पला,रातको ०२ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग– शूल,१५ घडी २६ पला,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त गंड । करण–वणिज,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त भद्रा,रातको ०५ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,बेलुकी ०८ बजेर ३२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सुयोग्य वर तथा कन्याको लगन गाठो कसिने प्रशस्त सम्भावना रहेकोछ भने मित्रताको बन्धन कसिलो हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुँनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुनैपनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईको नाम आउँनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु जनमानसमा लैजान सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट पनि थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनितिज्ञ तथा सामाजिक क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । बन्द व्यापारमा लगानि गरि पनि आम्दानि थोरै हुनेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुतिरै जानेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । आफन्त तथा साथिभाईहरु टाडिनेछन् । व्यापारमा मन्दि आउने तथा खर्च बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको विदेश यात्राको तय हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउँने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्र्नु पर्ने हुनसक्छ । व्यापारमा मन्दि आएसँग आर्थिक स्थिति सहजीकरण गर्न गाह्रो हुनेछ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि यात्राको सम्भावना प्रवल रहेकोछ । नसोचेको धन सम्पति प्राप्त हुने योगलाई नकार्न सकिदैन । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस