वि.सं.२०७६ साल फाल्गुन ०४ गते । आईतबार । ईश्वी सन् २०२० फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– अष्टमी,३३ घडी ५० पला,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त नवमी । नक्षत्र– विशाखा,०८ घडी ५६ पला,बिहान १० बजेर १८ मिनेट उप्रान्त अनुराधा । योग– ध्रुव,२४ घडी ५५ पला,बेलुकी ०४ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण– बालव,बिहान ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५४ मिनेट । दिनमान २७ घडी ४७ पला । अष्टमी व्रत। गोरखकाली पूजा।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिभिन्न भौतिक तथा बिलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानि हुनेछ । व्यावसाय बिश्तारकै सवालमा यात्रा हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घरजग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुँनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बरबधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनि हुँनेछ भने राजनितिक यात्रा सफल रुपमा अगाडि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिष्ठित ब्याक्तित्वहरु सँग सामाजिक बिषयमा बिवाद बढ्ने हुँदा आज भरसक भेटघाट तथा सार्बजनिक ठाउँहरुमा उपस्थिति नजनाउनु नै राम्रो हुनेछ । समयमा काम नबन्ने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ भने बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नुपर्ला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउँनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्राकाम गर्ने अवसर गुम्नेछ । बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
काम तथा अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा हुने ग्रहयोग रहेकोछ । प्रेमको बन्धन कसिनेछ भने योग्य बरबधुको लगन गाठो बाधिने बलियो सम्भावना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा हुने तथा धार्मिक प्रवचन सुन्ने अवसर जुर्नेछ । अध्ययनमा शुभचिन्तक तथा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै राम्रो नतिजा हात पार्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस