वि.सं.२०७७ साल मंसिर २७ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–त्रयोदशी,४९ घडी १३ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा,५१ घडी ३६ पला,रातको ०३ बजेर २५ मिनेट उप्रान्त अनुराधा । योग–अतिगण्ड,११ घडी ५५ पला,बिहान ११ बजेर ३३ मिनेट उप्रँन्त सुकर्मा । करण–गर,दिउसो ०३ बजेर ३७ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला,बेलुकी ०९ बजेर ४९ बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५४ पला । शनि–प्रदोष व्रत। काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक सम्पती तथा विलाशी वस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने भएपनि सोचेजस्तो आम्दानी गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्का बीच भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगति गर्दै सफलता हात पार्न सकिनेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धामा सहभागि हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रयन्न गर्दा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेकोछ । पढाइ लेखाइमा अली बढी ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रेममा नजिक हुने सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लगनशिलता तथा मेहनेतले राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने तथा दिगो काम प्रारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुले पद तथा मान सम्मान पाउने योग रहेकोछ । व्यापारमा थोरै लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अरुकै लागि समय र श्रम खर्चनु पर्दा आफ्नो कामभने थाति रहनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पादन नहुँदा आलोचना सहनु पर्ला । कमजोर पढाइ लेखाइमा तपाईँकै कारण नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रणय सम्बन्धमा भने विश्वासको वाताबरण बन्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोहरु बढाउन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । दाजुभाईको सहयोगले सवारी साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेकोछ । भूमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्ने हुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । तपाईँका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुनेछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नुभन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस