वि.सं.२०७७ साल पौष ०२ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–तृतीया,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराषाढा,३८ घडी ५७ पला,बेलुकी १० बजेर २४ मिनेट उप्रान्त श्रवण । योग–ध्रुव,३१ घडी ५३ पला,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रँन्त व्याघात । करण– गर,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५० पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारि तथा प्रशासनीक काममा तपाईको गतिलो उपश्थिती रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै शिलशिलामा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ काम गर्नको लागी समय मध्ययम रहेकोछ भने पुरान कामलाई भने निरन्तरता दिन सकिनेछ । यात्रा हुने भएपनि यात्रा कष्टकर हुन सक्छ । अवसर वादीहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । आफ्नै भन्ने तथा अपरिचित व्याक्ति हरुले फसाउन सक्छन् ध्यान दिनुहोला । अरुकै लागी समय र श्रम खर्चिनु पर्नेछ । तरपनि धार्मिक तथा पवित्र स्थलको भ्रमणमा निस्कन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय राम्रो रहेकोले चिट्ठा पर्ने र उपाहार प्राप्तीको योग रहेकोछ । नसोचेको धन सम्पत्ति हात लागी हुने समय रहेकोछ । अध्ययनमा मन जाने तथा रिसर्च पर्सनको लागि समय फलदायी रहनेछ । आफन्त तथा अग्रजको राम्रो सुझाव पाईने तथा दिदि बहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । मिठो बोलेर अरुको मन जित्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुयोग्य बर तथा कन्याको लगन गाठो कस्ने सहमती जुट्नेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुँनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउको यात्रामा निश्कन सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुने तथा पति पत्नी बीच मनमुटाब बड्न सक्छ । लगानी गर्नको लागि केही समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन अरुदिन भन्दा बढी समय खर्चनु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरि नाम कमाउन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
छोटो तथा रमाईलो यात्रा हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अवसर प्राप्त भएपनि काम गर्न आट नआउदा अरुभन्दा पछी परिनेछ । पन परेको मानिस टाडिने हुदा मन खिन्न हुनेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा मन गएपनि नतिजा भने अरुकै पोल्टोमा पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समउ उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनु जरुरि छ खानपाकै कारण समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको समय उत्तम रहेकोले विदेशमा उत्पादन भएका सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । शेयर बजार, बैक,लघुबित्त तथा आर्थिक क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने अग्रज,आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढे दिन फलदायी रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुनाले थप लगानि गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा बिस्वासको बाताबरण सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस