वि.सं.२०७७ साल पौष ०५ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–षष्ठी,२७ घडी ०९ पला,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–शतभिषा,४३ घडी २५ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–बज्र,२२ घडी ११ पला,दिउसो ०३ बजेर ४४ मिनेट उप्रान्त सिद्धि । करण– तैतिल,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ४९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसाय तथा अन्य क्षेत्रबाट मनग्गे धन आर्जन भएपनि खर्च बढिनै हुनाले व्यालेन्स बिग्रन सक्छ । दाजुभाई तथा आफन्तबिच सानो सानो कुरामा राय बाजनेछ । आटेको काम परिश्थितिबस ढिला हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेमा कुनै शंका छैन । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला बिवाद हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार तथा यात्रासँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । तरपनि सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बिच मनमुटाब बढ्ने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार कै सवालमा पनि लामो दुरिको यात्राको तय हुने योग रहेकोछ । विलाशी वस्तुको खरिद बिक्रीबाट आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र पंक्तिमा तपाईँको नाम आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धी पुराना समस्या भए समाधान भएर जानेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईँको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईँकै प्रशंसा गर्दै हिड्नेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ । गरिएका कामबाट छोटो समयमा नै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । तरपनि घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउदा भविश्यमा आम्दानि भईरहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरि प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आकर्षित गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विदेशमा उत्पादन भएका सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । शेयर बजार, बैक,लघुबित्त तथा आर्थिक क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने अग्रज,आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढे दिन फलदायि रहनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस