वि.सं.२०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वितीया,०६ घडी ०३ पला,बिहान ०९ बजेर २२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–तिष्य,३४ घडी ०८ पला,बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त अश्लेषा । योग–वैधृती,१८ घडी ४९ पला,दिउसो ०२ बजेर २८ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर,बिहान ०९ बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला । सन् २०२१ आरम्भ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्नेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेकोछ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । तरपनि कृषि तथा सहकारी व्यावसाय भने फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लेखन तथा साहित्यमा बाकि रहेको काम थाती रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ । दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समयले त्यती साथ नदिय पनी प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडी बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानी गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अनाबस्यक विवादले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नयाँ प्रविधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमी आउनेछ । व्यापारमा प्रशस्त समय लगानी गरेपनि आम्दानी कम नै हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ भने एनजिलो तथा विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । अग्रज तथा आफन्तको सुझावलाई मनम गर्दै अगाडी बढ्दा फाईदा हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अरुको भर पर्दा महत्वपूर्ण उपलब्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
जिम्मेवारि सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपनि अन्तत पार लगाउन सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ । व्यापार व्यावसाय लगानी गरिने मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययनमा प्रशस्त समय दिएपनि भनेजस्तो नतिजा हात पार्न मुस्किल हुनेछ । विवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछी परिने चिन्ताले सताउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाव सिर्जना हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
उद्यमी तथा व्यापारीहरुका लागि दिनले साथ दिने हुँदा प्रशस्त आम्दानी गर्न सक्नेछन् । आकस्मिक धन सम्पती लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक बस्तु तथा सवारी साधन प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगती हुनेछ भने बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस