वि.सं.२०७७ साल फाल्गुन ०२ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–तृतीया,४७ घडी २५ पला,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाभाद्रपदा,२४ घडी ३९ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–सिद्ध,४६ घडी ५२ पला,रातको ०१ बजेर २९ मिनेट उप्रान्त साध्य । करण– तैतिल,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–कुम्भ,बिहान १० बजेर १३ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५२ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सम्बन्धीत बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरहरुलाई सदुयोग गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुची बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । बिहानको समयमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बीच मनमुटाब बढ्ने योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ । व्यापार व्यावसाय लगानी गरिने मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामगर्ने शैलि परिवर्तन गरेर आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागी खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक साधन स्रोतको प्रयाग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । न्यालयसँग सम्बन्धीत मुद्दाहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । दाजुभाई तथा छिमेकीको सहयोग पाईनाले नया काम गर्न सकिनेछ । साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ लिनेछ । खेलाडी तथा राजनीतिज्ञको लागि राम्रो काम गरी नाम राख्ने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरी हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समयमा यात्रा हुने तथा विदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरि नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धी हासिल गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस