वि.सं.२०७८ साल असार २३ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– त्रयोदशी,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–रोहिणी,बेलुकी ०६ बजेर ५२ मिनेट उप्रान्त मृगशिरा । योग–गण्ड,बेलुकी ०४ बजेर ५४ मिनेट उप्रान्त बृद्धि । करण– गर,दिउसो ०१ बजेर ५८ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अवसर प्राप्त भएपनि काम गर्न आट नआउदा अरुभन्दा पछी परिने छ । पन परेको मानिस टाडिने हुँदा मन खिन्न हुने छ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खर्चनु पर्ने छ । अध्ययनमा मन गएपनि नतिजा भने अरुकै पोल्टोमा पर्ने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनु जरुरी छ खानपाकै कारण समस्या आउन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिने छ । पढाइ लेखाइका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिने छ । मायाको डोरो कसिलो भएर जाने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जाने छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुने छैनन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधी बिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनु होला । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिने छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिने छ । पैत्रिक धन तथा अग्रजहरुको सम्पती प्रयोग गरि आम्दानी बढाउन सकिने छ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहको छ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिने छ । दाजुभाईको सहयोगले सवारी साधन प्राप्त हुने छ भने मनोकामना पुरा हुने समय रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुने छ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जाने छ । गित संगितमा बिषेश रुची बढ्ने छ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिने छ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
प्रशासनिक काम गर्दा ध्यान दिनु होला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुने छन् । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्ने हुँदा काम गर्दा अलि बडि ख्याल गर्नु होला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुँनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ ध्यान दिनु होला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
संकट व्यावस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हावी हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्ने छ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारी साधन चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागी प्रयोग होईने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सुयोग्य बर तथा कन्याको लगन गाठो कसिने प्रशस्त सम्भावना रहेको छ भने मित्रताको बन्धन कसिलो हुने छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ । पढाइ लेखाइमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्ने छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागी खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्ने छन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जाने छ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउने छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्या आउने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुने छ । व्यापार व्यावसायमा लगानी गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्ने छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्ने छन् । अदालति निर्णयहरु तपाइको पक्षम नआउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा आफ्नो भन्नेहरुले तपाईँको काममा बाधा तथा अवरोध गर्ने छन् । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्ने छ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जाने छ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुने छ । राजनीतिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिने छ । माया प्रेमको डोरो कसिलो भएर जाने छ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस