ढाका-धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी आयोगले बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेका हमलाप्रति चिन्ता व्यक्त गरेको छ । आयोगले हिन्दूमाथि भइरहेका हमला रोक्न र अतिवादी तत्वबिरुद्ध कडा कारबाही गर्न प्रधानमन्त्री शेख हसिना वाजेदसमक्ष आग्रह गरेको छ ।
दुर्गा पुजाका क्रममा एक हिन्दूले सामाजिक सञ्जाल फेसबुकमा मुसलमान समुदायको निन्दा गर्ने सामाग्री पोस्ट गरेको हल्लापछि हिन्दू समुदायमाथि शृंंखलाबद्ध हमला सुरु भएको थियो ।
एक सातादेखि फैलिएको हिंसामा मुसलमानहरुले हिन्दूहरुका ६६ घरमा आगजनी गरेका छन् भने २० ओटा घर भत्काइदिएका छन् ।
आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय स्वतन्त्र धर्मसम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) का अध्यक्ष नादिन मायन्जाले भने ‘बंगलादेशको पछिल्लो हिंसाबाट आयोग चिन्तित छ । ’
हिंसा नियन्त्रण गर्न प्रधानमन्त्री वाजेदले अर्धसैनिक बल तैनाथ गरेको विषयलाई भने युएससीआईआरएफले स्वागत गरेको छ ।
साम्प्रादायिक हिंसाका कारण सयौं घाईते भएको र केही व्यक्ति मारिएको भन्दै युएससीआईआरएफले बंगलादेशका अल्पसंख्यक हिन्दूहरुको रक्षाका लागि प्रधानमन्त्री वाजेदले विशेष कदम चाल्नुपर्ने जनाएको छ ।
एक साता लामो हिंसामा देशभरबाट कम्तिमा पाँच जनाको मृत्यु भएको छ । तर, वास्तविक मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको जनाइएको छ ।
अहिलेसम्म देशभर ४५० हिन्दू मन्दिर तोडफोड भएको र आक्रमणकारीको खोजी कार्य तीब्र भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार प्रधानमन्त्री वाजेदले धर्मको आडमा हिंसा भड्काउने जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस