वि.सं.२०७८ साल कार्तिक १४ गते । आईतबार । ईश्वी सन् २०२१ अक्टोबर ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– दशमी, बिहान ०९ बजेर ५७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मघा, बिहान १० बजेर ०६ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–ब्रम्ह्, बेलुकी ०९ बजेर ३० मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा, बिहान ०९ बजेर ५७ मिनेट उप्रान्त बव, बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २७ घडी ४१ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ज्ञान तथा बुद्धिको प्रयोग गरी लेखनकला तथा साहित्यलाई निखार्न सकिनेछ । घरपरिवार तथा समाजमा तपाईँले गरेको कामको सबैले समर्थन गर्र्नेछन् । अविवाहित हुनुहुन्छ भने प्रेम प्रश्ताव आउने बलियो सम्भावना रहेकोछ । शेयर बजार तथा व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जानेछ । बिलाशी सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार तथा रोजगारबाट खासै राम्रो उपलब्धि हासिल हुनेछैन । राजनितिकर्मिहरुले समर्थन भन्दा आलोचना सुन्नुपर्नेछ । आफन्त तथा अग्रजसँग सानो सानो कुरामा बिवाद हुनेछ । घरजग्गा तथा सवारिको साधनको कारोबार गर्दा ध्यान दिनुहोला रुपैया पैसा फस्ने योग रहेकोछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तपाईँको कमजोर प्रस्तुतिको फाईमा अरुले नै उठाउन सक्छन् । राजनीतिज्ञ तथा व्यापारीको लागी समय मध्ययम रहेकोछ । व्यापारमा लगानी गर्नको लागी समय मध्ययम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम नहुन सक्छ । पढाइ लेखाइमा मेहनेत गरे अनुसार नतिजा मध्ययम आउनेछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अरुकै लागी समय र श्रम खर्चनु पर्दा आफ्नो कामभने थाती रहनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पादन नहुँदा आलोचना सहनु पर्ला । कमजोर पढाइ लेखाइमा तपाईँकै कारण नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रणय सम्बन्धमा भने विश्वासको वाताबरण बन्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सम्बन्धीत बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईंलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक वस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारको शिलशिलामा छोटो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस