खोटाङ – खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ । १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो ।
हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६०५ रुपैयाँ, बसाहा थानमा राखिएको दानपेटिकाबाट ५० हजार ९७५ रुपैयाँ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार ३०० रुपैयाँ जम्मा भएकाे हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा ढ्याके सतहीबाट ४ हजार रुपैयाँ जम्मा भएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये १ लाख ३४ हजार ९४९८ रुपैयाँ खर्च हुँदा ३ लाख ८ हजार २८२ रुपैयाँ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
सूचना केन्द्रले हलेसी आएका दर्शनार्थी र पर्यटकले मन्दिर तथा दान पेटिकामा चढाएको रकमलाई आम्दानीका रुपमा बाँधेर आयव्यय सार्वजनिक गरिएको छ । बचत रकम माछापुछ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।
यस अवधिमा दर्शनार्थीले ३ हजार ७०० भारु, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएको सूचना केन्द्रले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस