वि.सं.२०७८ साल चैत्र २५ गते । शुक्रबार । ईश्वी सन् २०२२ अप्रिल ०८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी, बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–आद्र्रा, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त पुनर्वशु । योग– शोभन, बिहान ०९ बजेर १५ मिनेट उपान्त अतिगण्ड । करण–गर, बिहान ७ बजेर ५७ मिनेट उप्रान्त वणिज, बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आट,साहस तथा पराक्रममा बृद्धी हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा कुुटुम्बसँगकोचि सिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा घर परिवारका मानिससँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सहभागी भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टायर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनीक काममा तपाईँको गतिलो उपश्थिती रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै शिलशिलामा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविश्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग राय बाजिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक बस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिभिन्न भौतिक तथा बिलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय बिस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने भएपनि सोचेजस्तो आम्दानी गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्का बीच भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीतिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस