वि.सं.२०७९ साल कार्तिक २५ गते । शुक्रबार । ईश्वी सन् २०२२ नोभेम्बर ११ तारिख । नेपाल संवत् ११४३ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–तृतीया, बेलुकी ०६ बजेर ४६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–मृगशिरा, अहोरात्र । योग–शिब, बेलुकीे १० बजेर ३ मिनेट उप्रान्त सिद्ध । करण– भद्रा, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त बव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृष, बेलुकी ५ बजेर ५६ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २२ मिनेट । सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २७ घडी ०४ पला । फाल्गुनन्द जयन्ती ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने व्यापारमा बृद्धि हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आकस्मिक धन सम्पती प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पती हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगती हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बीच विवाद बढ्नेछ भने चेली माईती बीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ । साझको समय राम्रो रहेकोले छोेटो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् । साझको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाब बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धी हासिल गर्न सकिनेछ । आम्दानिको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाईनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । साझपख कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । अध्ययनमा मन जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारी साधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस