वि.सं.२०८० साल साउन २३ गते । मंगलवार । ईश्वी सन् २०२३ अगस्ट ८ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ । स्वास्थ्यका लागि खर्च बढ्नेछ । धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ । अवसरवादीहरूबाट सजग रहनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ । तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ । शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ । तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । गरेका काम सम्पादन हुनेछन् । अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् । तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस