वि.सं.२०८० साल भदाै ३१ गते । आइतवार । ईश्वी सन् २०२३ सेप्टेम्बर १७ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला, फाइदा हुनेछ । रोकिएका काम पुन: प्रारम्भ हुनेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ । अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ । तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । देखेकाे विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । अरूकाे आक्षेप सहनुपर्ने हुन सक्छ । घरेलु समस्याले निराश तुल्याउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ र सोचेजस्तै सफलता पनि मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । धनलाभ हुनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ । कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । केही समय लागे पनि लक्ष्यअनुसार काम सम्पादन हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ । पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभचिन्तकहरूको साथ-सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ । अध्यात्मभाव जागृत हुनेछ। परोपकार तथा सेवामूलक काममा मन जानेछ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्, होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले पनि दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनुपर्ला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ । तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ । धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस