काठमाडौं-कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका-१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनी शिक्षकको कुटाइबाट ज्यान गएको भन्दै चार जना शिक्षकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छात्र माधव कलौनीको उपचारका क्रममा ज्यान गएपछि प्रहरीले प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरालाई पक्राउ गरेको हो ।
गएको असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका कलौनीको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । उनको उपचारका क्रममा मंगलबार राति भारतको राममूर्ति अस्पतालमा ज्यान गएको हो ।
बालकको ज्यान गएपछि घटनाको अनुसन्धानका लागि प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो । त्यस्तै गएको असार १३ गते शिक्षकले कुटपिट गरेको भनिएका कलौनीको १८ गते मात्रै स्वास्थ्य अवस्थाबारे जानकारी आएकाले त्यसबारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
विद्यालय बाहिर साथीभाइसँग झैझगडा गरेको विषयलाई आधार बनाएर शिक्षकले कुटपिट गरेको माधवका साथी आयुष विकले बताउनुभयो।
साथीभाइसँग झैझगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको शिक्षकले स्वीकार गरे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको ज्यान गएको आरोप लगाएका छन्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस