बनेपा-राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएका काभ्रेका १७६ विद्यालयलाई ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको छ।
‘चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ को अवसरमा बुधबार आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिमार्फत प्रमाणपत्र वितरण गरेको हो। केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेलले विद्यालयका भवन भूकम्प प्रतिरोधी रहेका जानकारी दिए। भूकम्प प्रभावित जिल्लामा जम्मा सात हजार ५०० विद्यालय भवन निर्माण हुनुपर्नेमा पाँच हजार ५०० बनेका , एक हजार ५०० निर्माणको चरणमा रहेको तथा अगामी एक वर्षभित्रमा सम्पन्न हुने कार्यक्रममा जानकारी दिइयो।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेका प्रमुख द्धारिका पोखरेलले विद्यालय भवन निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताए। तोकिएको समयभन्दा अगाडि सम्पन्न गरिएको मध्ये महाभारत गाउँपािलका-३ फोक्सिङटारका भैरवेश्वर आधारभूत विद्यालय देउराली, धुलिखेल नगरपालिका-११ डाँडागाउँस्थित कालीदेवी मावि र रोशी गाउँपालिका-९ मङ्गलटारका मङ्गल जनविजया माविलाई प्रशंसापत्र वितरण गरिएको थियो।
उत्कृष्ट कार्यसम्पादन गर्नुहुने सवइञ्जिनीयरमध्येबाट श्रेया झा, सविन कायस्थ, दीपक बोहोरा र निर्जल बोहोरालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस