काठमाडौँ – निकै बाक्लो जनघनत्व भएको ठहिटी क्षेत्रमा रहेको एक सार्वजनिक विद्यालय झण्डै-झण्डै खारेजीमा पुग्न लागेको यथार्थ सायद कमलाई मात्र थाहा होला । काठमाडौँको केन्द्र, बाक्लो बसोबास, नजिकै अन्य कुनै सार्वजनिक विद्यालय नभएको स्थानमा रहेर पनि ठहिटीस्थित शान्ति शिक्षा विद्या मन्दिर बन्द हुने अवस्थामा थियो ।
शिक्षक थिए तर विद्यार्थी थिएनन् । पूर्वाधार थियो तर संरक्षण थिएन । विद्यालयको गुणस्तर अभिवृद्धिमा न स्थानीयको चासो थियो, न विद्यालय जोगाउनुपर्छ भन्ने नै । शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको विद्यालयप्रति कुनै सदासयता थिएन । कतिपय स्थानीय आफ्ना बालबच्चा उक्त विद्यालयमा नपढ्ने भएकाले हेयको दृष्टिले हेर्दथे त कतिपयले अन्य प्रयोजनका लागि विद्यालयका संरचना प्रयोग कष्टसमेत गर्थे । राणाकालमा बनाइएको विद्यालयको पूर्वाधार अत्यन्त जीर्ण थियो ।
विद्यालयमा खासै विद्यार्थी थिएनन् । शिक्षक कार्यालय आउने हाजिर गर्ने घर जाने प्रवृत्ति मौलाएको थियो । विद्यालयलाई साच्चैको ‘विद्या मन्दिर’ बनाउनेभन्दा पनि आफ्नो अनुकूल प्रयोग गर्ने धेरै थिए । अनियमिता व्याप्त थियो । बाहिरबाट आएका व्यक्तिका सन्तति अध्ययन गर्ने भएकाले स्थानीयको चासो पनि थिएन । शिक्षक, कर्मचारीको जागिरे मानसिकता थियो । विद्यालय बनाउनुपर्छ, विद्यार्थी बढाउनुपर्छ भन्ने कोहीलाई थिएन ।
विद्यार्थी सङ्ख्या अन्यन्त न्यून भएपछि केही अल्छी शिक्षकको जागिर खाने थलो बनेको थियो विद्यालय । पर्याप्त विद्यार्थी नभएपछि सरकार पनि सो विद्यालय खारेजी गर्ने कि त मर्जमा लैजाने विषयमा बहसमा थियो । विद्यालय खारेजी वा मर्जरभन्दा पनि विद्यालय बनाउने व्यक्तिको खोजीमा धेरैको ध्यान केन्द्रित थियो । उक्त विद्यालयलाई बनाउन तम्सिने कोही थिएन । लामो अनुभव हासिल गरेका शिक्षक पनि शान्ति शिक्षा भनेपछि पछि हट्थे, आँट गर्ने कोही थिएन ।
युवा पुस्ताले नै सार्वजनिक विद्यालयको सुधार नगरे कसले गर्छ भन्ने मान्यताका साथ सुदामप्रसाद गौतमले सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । दिन रात नभनी विद्यालयको शैक्षिक गुणस्तर बढाउन उहाँ खटिए । दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको, अत्यन्त कमजोर भौतिक पूर्वाधार, स्थानीयको उतिसाह्रो सहयोग नहुनु उनका लागि निकै ठूलो चुनौति थियो ।
प्रअको जिम्मेवारी सम्हाल्लेलगत्तै गौतमले ती सबै समस्याको समाधान खोज्न थाले । विद्यालयमाथि बढेको चुनौती समाधान गर्न तथा साधनस्रोतको खोजी गर्न अघि बढे । विशेषतः दिनभरी काम गर्ने, बिहान बेलुका छाक टार्ने अभिभावकका विद्यार्थीको उपस्थिति बाक्लो थियो । विद्यार्थीहरु कहिले विद्यालय आउँदै नआउने त कहिले भोकै आउने, पढ्दापढ्दै निदाउने, पढ्नमा कहिल्यै पनि ध्यान नदिने र नतिजा पनि राम्रो नआउने अवस्था थियो ।
विद्यालयको शैक्षिक गुणस्तर बढाउनु त छँदै थियो । विद्यार्थी सङ्ख्या पनि बढाउनु उनका लागि चुनौतिको पर्खाल थियो । बर्सेनि घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न तथा भोकै आउने विद्यार्थीबाट नतिजा खोज्न प्रअ गौतमले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरे । सीमित स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने कुनै उपाय थिएन् । अनि सुरु भयो दाताको खोजी ।
निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गर्न उनि आफैँले अवधारणापत्र तयार पारी नेपालका लागि इजरायली दूतावासमा पेश गरे । नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यमा सहयोग गर्न तयार देखियो । लगत्तै इजरायली दूतावासले केही सहयोग ग-यो । अनि दुई वर्षदेखि विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम शुरु भयो । अहिले इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनले दिवा खाना कार्यक्रमका लागि सहयोग गरिरहेका छन् ।
दिवा खाना कार्यक्रमसँगै विद्यार्थीको उपस्थिति बाक्लो हुँदै गयो । पेटभर खाएपछि विद्यार्थीले पनि मन लगाएर पढ्न थाले । “अहिले विद्यार्थीको उपस्थिति पनि बढेको छ”, प्रअ गौतमले भने, “विद्यार्थी सङ्ख्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको छ ।” दुई वर्षअघि ७०-८० को विद्यार्थी सङ्ख्या अहिले बढेर ३०० नाघेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम पनि निरन्तर अघि बढेका छन् ।
कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुने थालेको छ । विद्यालय पोशाक निःशुल्क गरिएको छ । यसवर्षदेखि १० कक्षासम्मै अङ्ग्रेजी माध्याममा पढाउने तयारी भइरहेको छ । निरन्तर विद्यालयको सुधार देखेर विद्यार्थी पनि उत्साहित छन् । कक्षा ५ मा पढ्दै आएका मोहम्मद रजा अहिले विद्यालयको अवस्था निकै राम्रो भएको र पढ्न मन लाग्ने वातावरण बनेको बताउँछन् ।
विद्यालयमा पूर्वाधार विकासले तीव्र रुप लिएको प्रधानाध्यापक गौतम बताउछन् । “पूराना संरचना भत्काएर नयाँ बनाउँदै छौँ”, उनले भने, “एसियाली विकास बैङ्कको सहयोगमा नयाँ भवन बन्दैछ । यस्तै नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सूचना प्रविधि आइटी को व्यवस्था गर्दैछौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस