ललितपुर – ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए ।
प्रदर्शनीमा हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, चेन्ज अफ सिजन, बायोग्याँस प्रोडक्शन, भोल्कानो, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, म्याथ गेम, इन्भाइरोमेन्टल ब्यालेन्स, इलेक्ट्रिक बेल, वाटर इकोसिस्टम, ल्याण्ड इकोसिस्टम, साइन्स हाउस, एयर अकुपाइज् स्पेस, वाटर पम्पलगायतका सामग्रीको कक्ष समावेश रहेका थिए । विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा उतार्न प्रेरित गरिएको साइन्स टिचर एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष जयप्रकाश श्रीवास्तवले जानकारी दिएका छन् ।
उक्त सिर्जनात्मक सामग्री विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका हुन् । उक्त प्रदर्शनीको पूर्वविज्ञानमन्त्री गणेश साह लगायतका विशिष्ट व्यक्तिले अवलोकन गरेका थिए। विद्यार्थीको सक्रियता बढाउन र सिर्जनशील बनाउन वार्षिकोत्सवको अवसर पारेर प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए। वार्षिकोत्सवका अवसरमा विद्यालयले बाल साहित्य महोत्सवको समेत आयोजना गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस