काठमाडौं- राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिबद्धता गर्नुपर्ने माग गरेको हो ।
विद्यार्थीहरुले करारनामाको नाममा कलेज प्रशासनले अनावश्यक दबाब दिन नपाइने र ऐच्छिक छात्रावासको व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन् । उनीहरुले शिक्षण शुल्कमा कर लाग्ने भएमा लाग्ने कर विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापी मान्य नहुने पनि चेतावनी दिएका छन् ।
चिकित्सा ऐन २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्कबाहेकका सबै शुल्क ऐच्छिक हुन् भन्दै कलेजले लिन खोजेको अतिरिक्त शुल्कहरु विद्यार्थीहरु तिर्न बाध्य नभएको र अविलम्ब खारेज गर्न माग गरेका छन् । अध्ययन अविधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँचजस्ता कुराहरुमा ९० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गरेको एमबीबीएस तहमा अध्ययनरत छात्रा निशिका कोइरालाको आरोप छ । कोइरालाले शिक्षण शुल्क अतिरिक्त राखेर २० लाखभित्र के–के पर्छन् त्यसबारेमा विद्यार्थीहरुलाई हालसम्म केही सूचना नदिएको गुनासो गरिन् ।
कलेजले अनिवार्य रुपमा ५ वर्ष छात्रावास बस्नुपर्ने बाध्यता बनाएको उल्लेख गर्दै छात्रावासमा पनि न्यूनतम सुविधाको व्यवस्थासमेत नगरेको गुनासो पोखिन् । उनले वाइफाइको पनि सुविधा नदिइएको र आफ्नो आवाजबाहिर ल्याउन नपाउने भन्दै दबाब दिँदै आएको बताइन् । उनले भनिन्, ‘यो शिक्षा हो कि व्यवसाय हो ? कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्यो, होइन भने हाम्रा माग पुरा हुनुपर्छ ।’
एमबीबीएस तहमा अध्ययनरत अर्का विद्यार्थी दयाल संगतीले चिकित्सा आयोगले तोकेअनुसार नै आफूहरुले रकम कलेजलाई बुझाएको बताए । कलेजले आफूहरुलाई छात्रावासमा पाउनुपर्ने न्यूनतम सेवा सुविधा पनि प्रदान नगरेको उनको गुनासो छ । उनले कलेज प्रशासनले आफूहरुलाई वाइफाई र पानी नभएको कोठामा राख्न खोजेको गुनासो पोखे ।
उनले ४० लाख ट्युशन–फी तिर्नुपर्नेमा आफूहरुले १३ लाख तिरिसकेपछि कलेज प्रशासनले भने अतिरिक्त शुल्कको नाममा थप २० लाख रुपैयाँ रकम आफूहरुसँग असुल्न खोजेको सुनाए । कलेज प्रशासनले आफूहरुसँग तोकिएकोभन्दा २० लाख रुपैयाँ बढि अतिरिक्त शुल्क लिने थाहा पाएपछि आफूहरुको अभिभावक निकै आत्तिएको पनि सुनाए । अतिरिक्त शूल्क खारेज हुनुपर्ने भनेर आफूहरुले विश्वविद्यालय र सम्बन्धित निकायमा निवेदन दिँदापनि त्यसबारेमा कुनै सुनुवाई नभएको उनको गुनासो छ । यही ईस्यु लिएर आफूहरु चिकित्सा शिक्षा आयोगमा पनि पुगेको उनले सुनाए । तर, आयोगले भने आफूहरुलाई कलेजमै गएर सल्लाह गर्न सुझाव दिएको उनले जनाए ।
त्यस्तै, केएमसीमै एमबीबीएस तहमा अध्ययनरत विद्यार्थी राजन पाण्डेले चिकित्सा शिक्षा आयोगले एकीकृत म्याचिङ परीक्षा व्यवस्था गरेको सुनाए । केएमसीमा बाध्य भएर पढ्न परेको उनको भनाइ थियो । उनले शिक्षण शुल्क, ट्युशन फी लगायत सबै गरेर ४० लाख लाग्ने भनिए पनि अतिरिक्त शुल्क थपबारे सुन्दा आफूहरु आत्तिएको बताए । भर्नाको क्रममा केही नभनेर पछि आएर मात्र ६० लाख रुपैयाँ भनेर आफूहरुलाई ठग्न खोजिएको उनको गुनासो थियो । अहिले बाहिर बोल्दै हिँड्ने विद्यार्थीहरुलाई कलेजबाट रेस्टिकेट गर्ने धम्की दिइएको पनि उनले सुनाए ।
विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी नेतृ मान्यता थापाले चिकित्सा आयोगले स्वास्थ्यसम्बन्धी विद्यार्थीका सबै समस्या आयोगले समाधान गर्ने भनिए पनि अहिलेसम्म त्यो समाधान गर्न नसकेको बताइन् । थापाले काठमाडौं विश्वविद्यालयले पनि विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुलिरहेको सुनाइन् ।
उनले भनिन्,‘त्रिभुवन विश्वविद्यालयलाई नचाहिने अतिरिक्त शुल्क, काठमाडौं विश्वविद्यालयले मात्र लिने यो कस्तो माफियातन्त्र हो ?’ मेडिकल माफियाहरुले शिक्षा क्षेत्रमा अहिले ठाडो चुनौती दिइरहेको उनको टिप्पणी थियो । उनले आफ्नो माग पुरा गराउनको लागि कुनै संकोच नमानी अगाडि बढ्नसमेत पीडित विद्यार्थीहरुलाई आग्रह गरिन् ।
अखिल क्रान्तिकारीका विद्यार्थी नेता नरेन्द्र विश्वकर्माले काठमाडौं उपत्यकामा एमबीबीएस अध्ययनको लागि ४० लाख रुपैयाँ लाग्ने भए पनि केएमसीले भने ६० लाख लिन खोजेकोमा आपत्ति जनाए । केएमसीले एमबीबीएस तहका २४औं ब्याचका विद्यार्थीहरुमाथि गरेको चरम लुट र शोषणको विरुद्धमा आफ्नो संगठन उभिने र पीडित विद्यार्थीहरुलाई न्याय दिलाउने उनको प्रतिबद्धता थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस