तेह्रथुम- सरकारले विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन तेह्रथुमको छथर गाउँपालिकाले विद्यालयलाई चुलो र ग्याँस प्रदान गरेको छ । गाउँपालिकामा रहेको ४२ वटै विद्यालयलाई एक थान चुलो र एक थान ग्यास सिलिन्डर प्रदान गरिएको हो ।
दिवा खाजा कार्यक्रम अन्तर्गत यसअघि विद्यार्थीलाई हाजिरीको आधारमा नगद नै दिँदै आएकामा अब विद्यालयमै खाजा पकाएर खुवाइने भएकाे हाे । विद्यार्थीले चाउचाउ,चटपटे लगायत खाने र त्यसले स्वास्थ्यमा असर गर्ने भन्दै सरकार नयाँ नीति ल्याएको हो ।
विद्यालयमा कार्यक्रम लागू गर्न सहज बनाउन स्थानीय सरकारले सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाले बालकक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि ‘एक विद्यालय एक टेलिभिजन कार्यक्रम’ थालनी गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
विद्यालयमै खाजा भएपछि अभिभावकलाई सहज भएकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस