काठमाडौं-निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. ४ मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ ।
निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ ।
उल्लेखित सन्दर्भमा तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ? यदि तपाईंले दलको प्रचारप्रसार गर्ने कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण के छ? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस