काठमाडौंँ-कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ ।
त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ ।
निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हुन् ।
कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायले नियतवश नै बढी समय सेवा गर्ने गरेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराजा श्रेष्ठले कर्मचारीले किताबखानामा हरेक वर्ष पेन्सन पट्टा बनाउन आउँदा चारदेखि पाँच जना उमेर हदभन्दा बढी समय सेवा गरेका कर्मचारी आउने गरेको बताउनुभयो ।
सेवामा प्रवेश गर्दा किताबखानामा बुझाउनुपर्ने शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र वैयक्तिक विवरण (सिट रोल)मा उल्लेखित उमेर फरकफरक हुँदा हरेक वर्ष चारदेखि पाँच जना कर्मचारीले उमेर हदभन्दा बढी समय सेवामा बहाल हुने गरेको श्रेष्ठले स्पष्ट पार्नुभयो ।
निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर गणना गर्दा ऐनको व्यवस्थाअनुसार वैयक्तिक विवरण, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्म मिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिला अवकाश हुन्छ सोही मितिबाट अवकाश दिइने भन्ने उल्लेख छ ।
कुनै प्रमाणपत्रमा वर्ष मात्र खुलेको र अर्कोमा पूरै जन्म मिति खुलेको भएकोमा त्यस्तो प्रमाणपत्रको जन्म मितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने व्यवस्था छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस