उदय राई
अध्यक्ष प्रवासी मजदूर युनियन
दक्षिण कोरिया
प्रवासी मजदूरको सुबिधा घटाउने बारे कोरियन संसदमा प्रस्ताब आएको छ | यसबारे एमटियुको धारणा के छ ?
श्रमिकलाई आफ्नो श्रमको उचित ज्याला पाउने अधिकार भए पनि बिभिन्न बहानामा उचित ज्याला नपाई रहेको अवस्था छ | धरै जसो देशमा श्रमिकको न्युनतम ज्याला तोकिएको हुन्छ | कानुनले तलबमा भेदभाब गर्नु हुदैन भनि व्यवस्था गरेको हुन्छ | तर कम्पनीले यो तोकिएको तलब दिन आनाकानी गरि रहेको छन् | कतिले त यो धेरै भयो भनि घटाउन सरकारसग माग पनि गरि रहेको छन् | कोरियमा अहिले यहि भइ रहेको छ |
अर्को कुरा प्रवासी श्रमिकको संख्या १० लाख नाघी सकेको छ | कोरियन श्रमिकको अभावको कारणले हरेक बर्ष प्रवासी मजदूरहरुको संख्या बढी रहेको छ | उनीहरुले कोरियन श्रमिकले नगरेको काम गरिरहेको छन | प्रवासी श्रमिक नभए धेरै जसो साना तथा मझौला कम्पनी ,कृषि क्षेत्र, मत्स्यपालन क्षेत्र संचालन हुन सक्तैनन |प्रबासी कामदारले कम ज्यालामा लामो समय तिब्र गतिमा काम गर्नुपर्दछ |
प्रवासी कामदारको मुख्य समस्या भनेको कामको तुलनामा ज्याला र सेवा सुबिधा कम पाउनु नै हो | कोरियाको अर्थतन्त्रमा प्रवासी श्रमिकले ठुलो टेवा पुर्याई रहेको भए पनि यसको लेखाजोखा भएको छैन |
अर्को कुरा अहिले कम्पनी ब्यबसायीहरुले प्रवासी श्रमिकले कामको तुलनामा तलब धेरै भयो भनेर जुन प्रोपोगान्डा मच्छेका छन्हा, त्यो सरासर निन्दनीय र हास्यास्पद छ | अझ तोकिएको तलब भन्दा कम दिन पाउने कानुन बनाउन माग गरेको छन् संसदमा कानुन पेश भएको छ | आज एक कार्यक्रममा कम्पनी ब्यबसायीले मात्र होइन बिपक्षि हांकुग पार्टीको अध्यक्ष एबम भूपू कार्यबाहक राष्ट्रपति ह्वांग ग्यो हानले प्रवासी श्रमिकको यो देश प्रति कुनै योगदान छैन भनेका छन् | अत्यन्त खेदजनक अभिव्यक्ति हो |
बिदेशी श्रमिकको ज्याला घटाउनु पर्ने भन्ने माग र यसको पक्षमा आएका सबै अभिव्यक्तिहरुको प्रवासी मजदुर युनियन (एमटियु) पूर्ण रुपमा बिरोध गर्दछ |
आइएलओको सदस्य भएको देशले प्रवासी श्रमिकलाई भेदभाब गर्न पाउदैन | अर्थात अन्तर्राष्ट्रिय मान्यता अनुसार कोरियाले बिदेशी कामदारलाई भेदभाव गर्न पाउदैन बनाउन लागेको कानुन फिर्ता गराउन ससक्त संघर्ष गरिरहेको छौ |
प्रवासी मजदूरको सुबिधा साँच्चै धेरै भएको हो त ?
प्रवासी श्रमिकहरुले खराब र जोखिम पूर्ण अवस्थामा काम गरिरहेका छन् | लामो समय कम ज्यालामा उचित सेवा सुबिधा बिना काम गरिरहेको छन् | उनीहरुले गरेको कामको तुलनामा अहिलेको तलब धेरै होइन | कोरियन श्रमिकले भन्दा कम ज्याला पाउने धेरै छन् |
प्रवासी मजदूरको सेवा सुबिधा र हक अधिकारबारे कोरियाली मजदूर सङ्गठनहरुको बिरोध वा समर्थन कस्तो छ ?
प्रवासी श्रमिकको सेवा सुबिधाको हक अधिकारको बारेमा केहि कोरियन मजदुर युनियन (केसीटियु)ले समर्थन ,संघर्ष गरिरहेको छ | यो बाहेक अन्य मजदुर युनियनले चासो नदिएको साथै कतिले बिरोध गरिरहेको अवस्था छ |
कोरियामा बिदेशी मजदूरको आवश्यकता चाहि किन भएको हो ?
कोरियामा जनसंख्या घट्न सुरु गरे सगै मजदुरको काम गर्न सक्ने मजदुरको संख्यामा कमि हुन् आयो | कम्पनी बृद्दी भयो | ,यसै अनुरुप मजदुरको अभाब हुदै गएको छ | कोरियन मजदुरले मात्र कम्पनीको मागलाइ पुरा गर्न सकेन | मजदुरको अभावको कारण कम्पनी बन्द हुने स्थितिमा पुग्यो| भएको कोरियन मजदुरले पनि गार्हो, फोहोरी,खतरनाक काम गर्न चाहेनन् | अथवा गाह्रो,जोखिम,फोहोरी,काम गराउन प्रवासी मजदुरको माग गरियो |
अहिले उनीहरुको संख्या र अवस्था कस्तो छ ?
प्रवासी श्रमिक सम्बन्धि नियम कानुन सबै कम्पनी ब्यबसायीको पक्षमा छ | श्रमिकको आधारभूत अधिकारलाई स्वीकारिएको छैन | कार्यस्थल स्वेच्छाले छनोट र परिबर्तन गर्न पाउदैनन जसले गर्दा गर्हो जोखिम पूर्ण काम ,गार्हो काम पनि जबर्जस्ति गर्न बाध्य छन् | औधोगिक दुर्घटनामा पर्ने र मृत्यु हुनेको संख्या बढी रहेको छ| तर औधोगिक दुर्घटना बिमाको सुबिधा पाउने कम छन्| कार्यस्थलमा हुने भेदभाबमा कम आएको छैन | कुटपिट गालीगलौज र यौन दुर्ब्यबहार बढीरहेको छ | कोरियामा बिदेशी कामदारले सही न्याय पाएका छैनन् | सरकार र कम्पनी मालिकले उनीहरुलाई दवाबमा राखेका छन् |
ईपीएसका खराब पक्षहरु केके हुन् ?
प्रावासी श्रमिकको हक अधिकार सुनिस्चित नहुनु र उनीहरुलाई अधिकार दिनुपर्छ भन्ने बिषय स्वीकार नगर्नु र सबै अधिकार साहमा निहित हुनु इपिएसको मुख्य खराब पक्ष् हो |
कुन कुन अधिकार छैन त इपिएसमा प्रवासी श्रमिकलाई ?
ईपिएसमा प्रवासी मजदूरहरु स्वेच्छाले कम्पनी परिबर्तन पाउदैनन, साहुले अनुमति दिएमात्र कम्पनी परिबर्तन गर्न पाइन्छ | यहि कारणले ८० प्रतिशत मजदुर शोषित पिडित भएका छन् | यो नीतिका कारण प्रवासी मजदुर सधै साहु प्रति आज्ञाकारी हुनु पर्ने हुन्छ | परिवार सगै ल्याउन पाउने अधिकार छैन | कार्य अवधि आफूखुसी थप गर्न पाइदैन | कृषिबाट उत्पादनमा परिबर्तन गर्ने अधिकार छैन | ४० बर्ष उमेर नाघेमा काम गर्न आउन पाउने अधिकार छैन | यी बिषयहरुले ईपीएसलाई खराब पद्धतिको रुपमा साबित गराएको छ |
डब्लुपिएसका राम्रा पक्षहरु केके हुन् त?
कार्य भिषा प्रणाली (डब्लुपीएस) मा प्रवासी श्रमिकको अधिकार सुनिस्चित हुन्छ | प्रवासी मजदुरले सम्मानित मजदुरी जीवन पाउने छन् | कम्पनी स्वइच्छाले परिबर्तन गर्न पाउने अधिकार हुन्छ | कम्पनी मलिकको दास बन्नु पर्ने छैन }| कार्यस्थलको अवस्था सुधार र सेवा सुबिधा बृद्दी गर्न कम्पनी मालिक बाध्य हुने छ | इपिएसमा भएको नराम्रो पक्ष सबै खारेज हुनेछ | इपिएस डब्लुपीएसमा रुपान्तर भए पनि कोरियन आउने छनोट मध्यम अहिलेको भाषा परिक्षा नै हुनेछ | कोरियामा लागु हुने कानुन मात्र परिबर्तन हुने हो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस