सन २००८ मा विद्यार्थी भिसामा फ्रान्स पुगेका प्रशान्त उप्रेती यतिबेला आफनो व्यवसायलाई मार्च ९ देखि बन्द गरेर लकडाउनमा परिवारसँग समय बिताइरहेका छन् | चीनको हुवान प्रान्तबाट शुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिदो छ । मानवजातिलाई नै ठुलो चुनौति दिइरहेको कोरोनाले विश्व अर्थतन्त्रलाई धरासयी बनाउँदैछ ।
फ्रान्सबाटै नेपाल आएकी प्रसिद्धि श्रेष्ठ कोरोनाबाट निको भएर घर फिरेकी छिन् तर फ्रान्समा रहेका नेपालीको अवस्था चाहि कस्तो छ ?एनआरएन फ्रान्सका सल्लाहकार, रक्तदान अभियन्ता , व्यवसायी उप्रेतीसँग नेपालीहरुको पछिल्लो अवस्था र त्यहाँका संघसस्थाले कसरी नेपाली समुदायलाई सहयोग गरीरहेका छन् यसैको सेरोफेरोमा हटपाटीको लागि ऐश्वर्य श्रेष्ठले गरेको कोरोना संवाद प्रस्तुत गरेका छौं |
फ्रान्समा कहिलेदेखि रहदै आउनुभएको छ ?
म नेपालबाट फ्रान्समा २००८ सालमा विद्यार्थी भिसामा आएको हुँ । अहिले परिवारको साथमा व्यवसाय सञ्चालन गरीरहेको छु ।
चीनबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ फ्रान्सको अवस्था कस्तो छ ?यहाँलाई जानकारी छ ?
फ्रान्समा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएको छ, संक्रमितको संख्या २ लाख पुग्न लागिसक्यो भने १९३२३ जना बढीले ज्यान गुमाइसके । चीनमा कोरोनाले हजारौ मानिस संक्रमित हुँदा फ्रान्स सरकारले खासै चासो दिएन, जब पहिलो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखा प¥यो सरकारले मार्च ९ मा लकडाउन घोषण ग¥यो । सर्वसाधरणले एक घण्टा एक्लै बाहिर निक्लन पाउँछ । लकडाउन एकदम कडा छ । उल्लघन गरेमा १ सय ३५ यूरो जरिबाना अनि जेल सजायको व्यवस्था छ ।
फ्रान्समा कति नेपाली कार्यरत रहेका छन् विषेशगरी कुन क्षेत्रमा आवद्ध छन् उनीहरुको अवस्था कस्तो छ ?
फ्रान्स छ हजार नेपाली छन जो विद्यार्थी, श्रमिक, सैनिक सेवामा छन् । अहिलेसम्म कोही पनि नेपाली संक्रमित भएको भनेर आधिकारिक रुपमा बाहिर आएको छैन्, यद्दपि केही व्यक्तिमा संक्रमित भएको हाल निको भैसकेको भन्ने कुरा थाहा पाएको छु । तर उहाँहरु सम्पर्कमा नआउनु भएकोले आधिकारिक रुपमा नेपाली संक्रमित भएको मलाई जानकारी छैंन, म राजदूतावासको सम्पर्कमै छु ।
तपाईको सम्पर्कमा बस्न, खाना समस्यामा परेका विद्यार्थीहरु कोही सम्पर्कमा आएका छन् ?
सरकारले लकडाउनको घोषणा गर्नु पूर्व हामीले अध्ययनका लागि फ्रान्समा आएका नयाँ ६० जना विद्यार्थीलाई खाद्यान्न सामाग्री एनआरएनएको नेतृत्वमा वितरण ग¥यौ ।
नेपाली जनसम्पर्क समिति फ्रान्स ,एकता समाज फ्रान्स ,प्रबासी नेपाली एकता मंचले राहत केन्द्रित कार्यक्रम ल्याएको छन । दोस्रो चरणमा समस्यामा परेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने हेतुले यहाँ रहेका विभिन्न संघसंस्थाको पहलमा सहयोग संकलन भैरहेको छ । त्यो केही दिनमा वितरण गर्नेछौ । अरु राष्ट्रमा रहेका नेपालीलाई जस्तो समस्या यहाँ नभएको जानकारी गराउछु ।
कोरोनाको संक्रमण रोक्न फ्रान्स सरकारले कस्तो रणनीति अपनाएको छ ?
यहाँ एकदम कडा छ दिनमा एक घण्टा मात्र बाहिर निक्लन पाउँछन् सर्वसाधारणले, तपाईलाई लाग्न सम्पन्न राष्ट्रमा समस्या हुन्न, स्वास्थ्य अवस्था भयभहको बेला नेपालको भन्दा पनि नाजुक छ । बजारमा मास्क छैन, स्यानिटाइजर छैन्, महंगी बढेको छ ,यहाँ पनि भेन्टिलेटर नभएको अवस्था छ ।
सरकारले घरभित्रै बस्न भनेकोले सबैले नियमको पालना गरेका छन् । कुनै समस्या या बिरामी परेमा घरैमा एम्बुलेन्स आउँछ । फ्रि उपचार हुन्छ । समयमा सरकारले पुर्व तयारी नगर्दा यस्तो अवस्था सिर्जना भएको हो । स्वास्थ सामग्री र उपकरणमा फ्रान्स पूर्ण रुपमा चीनमा आश्रित भएको देखिन्छ ।
त्यहाँ रहेका नेपाली के नेपाल आउन चाहन्छन यदि चाहन्छन भने कुनै सरकारी पहल भएको छ ?
अन्य देशमा जसरी यहाँ नेपाली हताहत भैहालेको छैनन् । सुरक्षित छन् । कोही पनि हामी नेपाल जान चाहन्छौ भनेर हाम्रो सम्पर्कमा आएका छैनन् । यहाँ दुतावासले पनि कोरोनाबाट बच्न सूचना तथा जानकारी दिइराखेको छ । त्यस्तो समस्यामा कोही परेका छन् भने आवश्यक सहयोग गर्न संघ संस्था अनि राजदूताबास तयार छ ।
तपाई आफु चाहि कसरी दनचर्या विताइरहनुभएको छ ?
परिवारसँग बसेर बिताइरहेको छु । मलाई साहित्यमा रुचि भएकोले सिर्जनामा केही समय दिइरहेको छु । म तपाईहरुलाई पनि के भन्न चाहन्छु भने सरकारले जारी गरेको लकडाउनको राम्रोसँग पालना गरौं । जे मा रुचि छ त्यो काम घर भित्रै बसेर गर्न सकिन्छ । घरमा बसेर नमोटाऔं । योगा, ध्यान गरौ । सिर्जनशिल बनौं भन्न चाहन्छु ।आफु भित्रको लुकेको प्रतिभा उत्खनन गरौं।
नेपालमा पनि विस्तारै कोरोना फैलिदो छ के सल्लाह सुझाव दिनुहुन्छ नेपालीहरुलाई ?
कोरोना भाइरसबाट सुरक्षित रहन सामाजिक दुरी कायम गरौं, साबुन पानीले राम्रोसँग हात धोऔं । सब भन्दा ठुलो कुरा लकडाउनको पालना गरौं भन्न चाहन्छु । जनता अनुशाशित हुने घडी आएको छ ।लकडाउन पालना गर्नुपर्छ | उल्लङ्घन गरे हामीलाई पशुपतिले बचाइराख्दैनन् ।
अन्तमा हटपाटीका पाठकलाई के भन्न चाहनुहुन्छ ?
कोरोना भाइरस विश्व जगतलाई चुनौती दिइरहेको छ, अमेरिका, फ्रान्स लगायतका शक्ति राष्ट्रले हेलचेक्रयाइ गर्दा भयवहको स्थिति सिर्जना भएको छ । नेपाल सरकारले बेलैमा लकडाउन घोषणा गरेर राम्रो काम ग¥यो, सरकार पारदर्शी र दुरदर्शी हुनुपर्छ । जनताको आँशुमा भ्रस्टाचार गरिन्छ भने पद ,ओहोदा नहेरी दण्डित गरौं । स्वास्थ क्षेत्रलाई आवश्यक कानुन निर्माण गरौं । जसले गर्दा विपत्तिको घडीमा अन्योलको अवस्था सिर्जना नहोश । बिरामीले अस्पतालको ढोकाबाट रोग बोकी फिर्ता हुने अवस्थाको अन्त्य होश । स्थितिलाई मध्यनजर गरेर सरकारले कदम चाल्नुपर्छ । चालोस भन्ने कामना गर्दछु । सरकारको मात्र मुख नताकौं आफनो ठाँउबाट सबैले कोरोना संक्रमण रोक्न पहल गरौं भन्न चाहन्छु ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस