गजेदो -डि.एस.एम.इ. याक्थुम सयङ् गजेदोले चासोक तङ्नाम मनाउने किराँती समुदायको मौलिक महान पर्व चासोक तङ्नाम (उधौली )को पावन अवसरमा डि.एस.एम.इ. याक्थुम सयङ गजेदो दक्षिण कोरियाले सुभकामना आदान प्रदान तथा भेट्घाट समारोह कार्यक्रम भब्य रुपमा सम्पन गर्ने तरिया पूरा गरेको छ ।
कार्यक्रम कोरियाको गजेदो ओक्पो स्थित ईन्डियन रेस्टुरेन्टमा २०१६/१२/१०तारिख सनिबार साझ ७ बजे देखि रातको १२ बजे सम्म हुने भएको छ । चासोक तङ्नाम(उधौलि)डिसेम्बर १३ तारिख मङ्सिर २८ गते पर्ने भए पनि प्रबासको बसाइलाइ मध्य नजर गर्दै सबैको समय अनुकुल पारेर तीन दिन अघिनै आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा किरात लिम्बु समुदायको मौलिक नाच केलाङ साथै धान नाच पनि प्रस्तुत गरिने र कर्ण पृय स्वरहरु बाट पालाम,हाक्पारे, ख्याली पनि प्रस्तुत गरिने भएको छ ।
साथै आफ्नो मौलिक धर्म सस्कार सस्कृती चाड्बाडको बारे जानकारी गराउनु को साथै महत्व पनि बुझाउने प्रयास पनि गरिने भएको छ । बिसेसत चासोक तङ्नाम( उधौली)प्रकृति पुजक किरात लिम्बू समुदायले आफ्नो खेतबारिमा रोपेको छरेको अन्न बाली पाकेपछी आफ्नो माङ( देउता)तागेरा निमाभुमाङ्लाइ अर्पण गरे पश्चात मात्र खादै खुसियाली गरेर मनाउने चाड हो ।
प्रबासमा सबै गर्न सम्भब नभएपनी विधि सम्म गरिने सयङ्का पुर्व अध्यक्ष तथा संरक्छक कुबिर चन्द्र लिङ्देनले बताउनु भएको छ । साथै सम्पुर्ण किराँती गैर किराँती नेपालिदाजुभाइ दिदिबैनिहरुलाइ आफ्नो मौलिक भेसभुसामा उक्त कार्यक्रममा उपस्थित हुन कार्यक्रम संयोजक अंसुबर्मा लिम्बुले अनुरोध गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस