गजेदो-प्रकृति पुजक किरात लिम्बुहरुको मौलिक चाड चासोक तङ्नाम (उधौली) न्वागी पुजा गत सनिबार डि. एस. एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले कोरियाको गजेदो स्थित इन्डियन रेस्टुरेन्टमा भब्यताको साथ सु सम्पन्न गरेको छ।
सयङको अध्यक्ष अंसुबर्मा लिम्बुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अथिती कि. या. चु.क्षेत्रीय कमिटीका अध्यक्ष चित्र आङ्देङ्बे विशेष अथिती कि. रा. या. डि.एस. एम. इ का अध्यक्ष सेखर राई अथितिहरुमा मगर समाज डि.एस.एम.इ. का अध्यक्ष सरोज राना देउ नेपाली एकता समाज गजेदोको उपाध्यक्ष केसब खड्का तमु समाज डि. एस. एम. इ का गोपाल गुरुङ तामाङ समाज डि. एस . एम इ. का प्रतिनिधि प्रदिप गुरुङ मिडिया कर्मी भोज राना देउ नेपाली एकता समाजको सल्लाहकार तथा नेपालिको क्याप्टेन मेघराज ग्वाली रहनु भएको थियो । उक्त कार्यक्रम सयङ्का उपाध्यक्ष चन्द्र सम्बाहाम्फेले स्वागत मन्तव्य राख्नु हुँदै उपस्थित सम्पुर्णलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो ।
चासोक तङ्नाम र लिम्बू समुदायको सम्बधको बारेमा बोल्नु हुँदै सयङको सदस्य बुद्दिजिबी सेसेहाङ सेर्माले राज्यको जातीय, भाषिक,सास्कृतिक बिभेदको कारणनै हामिले मनाउने प्रत्येक चाड पर्वको बारेमा हामिले भन्नै पर्ने हुन्छ जानकारी गराउनै पर्ने हुन्छ प्रत्येक कार्यक्रममा यो अत्यन्तै दुखद कुरो बताउनुभयो । साथै चासोक तङ्नाम बिसेसत लिम्बू जातिले आफ्नो खेतबारिमा उब्जाको अन्न बाली आफ्नो माङ ९देउता० तागेरानिमाभुमाङलाई अर्पण गरे पश्चात आफुले पनि खादै हर्सोउल्लासको साथ मनाउने चाड भएको जानकारी गराउनु भयो। उक्त कार्यक्रम सम्पुर्णअथितीजनहरुले सुभकामना मन्तब्य राख्नु हुँदै चासोक तङनाम र लिम्बू समुदायको सम्बन्धको बारेमा बुझ्न पाउँदा खुसी लागेको बाताउनु हुँदै सुभकामना दिनु भएको थियो ।
कार्यक्रममा ब्याजको रुपमा अथितिजनहरुलाइ लिम्बुहरुको अत्यन्तै महत्वपुर्ण बस्तु सिलाम साक्मा बितरण गरिएको थियो साथै उक्त कार्यक्रममा समधुर स्वरको धनी गायक चन्द्र सम्बाहाम्फेले लिम्बू गित आधुनिक गित गाएर उपस्थितजनलाइ रमाइलो गराए भने प्रमुख अथिति चित्र आङ्देङ्बेले ख्याली र हाक्पारे गाएर माहोल लाई पुर्बी लिम्बुवान जस्तै बनाएको थियो ।
कार्यक्रममा कवि सुरेस सिङ सम्बाहाम्फेलाइ रास्टृय दिवस को पावन अवसरमा कोरिया राजदुताबासले आयोजना गरेको कबिता प्रतियोगितामा दित्तिय स्थान हासिल गरि सस्था स समुदायको नाम समेत राखेकोमा सम्मान समेत गरिएको थियो । साथै चार बर्स दस महिना पूरा गरि नेपाल फर्कनु लागेको सयङ्का सदस्य दुर्गा लुङ्फुवालाइ नेपालको बसाइ सफल होस भनी उज्वल भबिस्यको कामना गर्दै बिदाइ पनि गरिएको थियो ।कार्यक्रमको अन्त्यमा सयङका अध्यक्ष अंसुबर्मा लिम्बुले उपस्थीत प्रमुख अथिती अथितीजन सम्पुर्ण माहानुभावहरुलाइ हार्दिक धन्यबाद दिदै आगामी आउने दिनहरुमा पनि यसरिनै सहयोग गर्दिन आग्रह गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।उक्त कार्यक्रम सयङका सदस्य डम्बर सुब्बाले सन्चालन गर्नु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस