नेपाली हिन्दू समाजमा विशेषतः महिलाले चाडपर्वका बेला उपवास राख्ने गर्छन्। लामो समयको व्रतका बेलामा कतिपय जोडीले यौन सम्पर्क राख्न चाहन्छन्। धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु राम्रो मानिन्छ।
यौन सम्पर्कका बेला थोरै भए पनि शारीरिक ऊर्जा क्षय हुने भएकाले केही नखाई बस्ने व्रतका बेला महिलाले कमजोरी महसुस गर्छन्। व्रतसँग सामाजिक सीमा, मर्यादा र नैतिक मूल्य–मान्यता गाँसिने भएकाले यो बेला यौन आनन्दभन्दा यसपछि आत्मग्लानि वा पश्चात्तापको अनुभूति हुन सक्छ।
वैज्ञानिक हिसाबले उपवास राख्दा पूर्ण तवरमा यौन सम्पर्क राख्न नहुने कुनै कारण छैन। तर, केही दिनको विश्रामपछि यौन सम्बन्ध झन् सन्तुष्टियुक्त हुने गर्छ। त्यस बेला व्रत लिएका महिला–पुरुष पनि मानसिक रूपमा तयार नहुने भएकाले पनि यति बेला यौन सम्पर्क नराख्नु नै उपयुक्त हुन्छ।
लामो समयपछि भेट भइरहेको परिस्थिति नै भए पनि पार्टनर उपवासमा छ भने आफ्नो चाहना मात्र परिपूर्ति गर्नतर्पm लाग्नुभन्दा संयमित हुनु राम्रो हो। मानसिक तयारीबिनाको यौन कार्य सम्भोग हुन सक्दैन, मैथुन कार्य मात्र हुन सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस