पाँचथर-पाँचथरको सदरमुकाम फिदिम नगरपालिका ३ लालिखर्क र बतासेमा होमस्टे(घरवास) सञ्चालनमा ल्याइएको छ । लालिखर्क बतासे सामुदायिक होमस्टेले त्यस क्षेत्रमा १० वटा होमस्टेहरु संचालनमा ल्याएको हो । जस्मा ७० जना पाहुनाहरुलाई राख्न सकिने व्यवस्था गरीएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रवार प्रदेश नं. एकका बन, वातावरण तथा पर्यटन विकास समिति संयोजक सीता थेवेले होमस्टे उद्घाटन गरेकी हुन् । उनले स्थानिय श्याम राई, कुमार राई,शकुन्तला राई,निरुपा राई लगायतको घरमा निर्माण गरीएका होमस्टेको रिवन काटेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् । उद्घाटनमा वोल्दै सांसद थेवेले संभावना वोकेका धार्मिक पर्यटकिय र ऐतिहासिक स्थलको प्राचर प्रसार सहित प्रवर्धनमा लाग्नुपर्नेमा जोड दिइन् ।
पर्यटकलाई अर्गानिक तथा स्थानीय उत्पादनका परिकारहरु उपलव्ध गराउने साथै यस क्षेत्रको प्राकृतिक तथा वातावरणीय सुन्दरतामा रमाउने वातावरण सृजना गर्ने गरी होमस्टेहरु संचालनमा ल्याइएको होमस्टे संचालक समितिका संयोजक टंक राईले वताए ।
उनका अनुसार काम नपाएका युवाहरुलाई स्थानिय स्तरमै रोजगारका अवसरमा मात्र होइन स्थानीय उत्पादनले समेत वजार पाउनेमा उनि विश्वास गर्छन् । प्रतिछाक सादा खाना एक सय २० मासु सहितको खाना २ सय ५० ले खुवाउने र वासको लागि एक सय ५० रुपैयाँ निर्धारण गरीएको राईले वताए व्यवस्था गरीएको संचालन समितिका सदस्य निरुता राईले वताइन् ।
पर्यटकहरुलाई स्थानीय जात जातिका झाँकीले स्वागत गर्ने , मह लगायत स्थानिय स्तरमा उपलव्ध परिकारहरु खुवाउने गरी व्यवस्था गरिएको संचालक मध्येका चन्द्र योङयाले वताए । मेची राजमार्गको आसपासमा होमस्टे सञ्चालन गरिएकोले पाहुनाहरुको राम्रो उपस्थिति हुने साथै निकट भविश्यमा थप घरहरु पहिचान गरेर होमस्टे थप गर्ने लक्ष रहेको योङयाको भनाई छ ।
१६ औ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको तपोभूमि तथा समाधिस्थलकै नजिक रहेको यस क्षेत्रहुँदै पाथिभरा, तिम्बुपोखरी, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, कुम्भकर्ण लगायतका चर्चित पर्यटकिय क्षेत्रमा जान पर्यटकहरुले यो मार्ग प्रयोग गर्ने गर्दछन् ।
होमस्टेले त्यस क्षेत्रमा उत्पादन हुने आलु चिया विभिन्न प्रजातिका टिम्वुरहरु प्रवर्धन सहित पर्यटन वर्ष २०२० लाई सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरीएको छ ।
जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानिय तहका प्रमुख सहित पर्यटन र वन क्षेत्रमा सरोकार राख्नेहरुको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस