दसैं-दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ। तीन हजार तीन सय पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ।
एक हजार पाँच सय ७५ देखि एक हजार ६ सयमा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि सय रुपैयाँसम्म बढेको छ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्विकारेको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य वृद्धि भएको बताए।
खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य बढेको हो।
चामल आयात गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘मूल्य वृद्धि हुनुमा महँगिएको डलरको प्रभाव र अन्तर्राष्ट्रिय मूल्य वृद्धि पनि हो।’ सरकारले बजेटमार्फत कृषिजन्य तथा औद्योगिक वस्तु आयातमा भन्सार दर बढाएका कारण पनि महँगी बढेको श्रेष्ठको दाबी छ।
वस्तु आयात गर्दा आन्तरिक राजस्व कार्यालयमा वस्तु, सवारीसाधन र बिलबिजकसमेत सुरुमै इन्ट्री गर्नुपर्ने कारणले पनि महँगी बढेको व्यवसायी बताउँछन्।
भदौसम्म प्रतिकिलो ७८ रुपैयाँमा बिक्री हुने चिनीको मूल्य प्रतिकिलो ८० पुगेको छ। एक सय ३० रुपैयाँ लिटरमा आउने भटमासको तेलमा १० रुपैयाँ बढेर एक सय ४० र एक सय ४० मा आउने सनफ्लावर तेलको भाउ एक सय ५० रुपैयाँ पुगेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस